आज पाचँवटा समितिको बैठक बस्दै

बुधबार, जेठ ७, २०८२

काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न पाचँवटा समितिको बैठक आज बस्दैछ । बुधबार अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो ।  आज अर्थ समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषय विज्ञ र सरोकारवालासँग  छलफल गरिने छ ।  आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान साढे ७ बजे बस्दैछ । बैठकमा दुई वटा उपसमितिहरुले तयार पारेका प्रतिवेदनहरु समिति समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।  यस्तै, प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको पनि आज बस्दैछ । बिहान ८ः३० बजे बस्ने बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधन सहित दफाबार छलफल गरिने कार्यसूची रहेको छ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको २ बजे बस्ने भएको छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।  यसैगरी आज सार्वजनिक लेखा समितिको ४१ औं बैठक दिनको १ बजे बस्दैछ । सिंहदरबार बस्ने बैठकमा आज पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदन उपर छलफल गरिने छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  ०९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार