सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राई हत्याको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–१ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका–२ बस्ने सर्लाही बागमती गाउँपालिका–३ घर भएका २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका–७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन् । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट आवश्यक थप अनुसन्धान भइरहेको छ ।
सुन जस्तो देखिने धातुसहित बिमानस्थलवाट एक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थानसहित एकजना पक्राउ परेका छन् । कास्की पोखरा महानगरपालिका–११ राधाकृष्ण टोल घर भएका ४८ वर्षीय दिपक केसीलाई प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो ।उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।