रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा

मंगलबार, जेठ ६, २०८२

काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भइरहेको हो । आज रवि पक्षका १० जना वकिलहरूले बहस गरेको वरिष्ठ अधिवक्ता सुशिल पन्तले जानकारी दिए ।  उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ । उनले भने, ‘आज रवि लामिछानेको पक्षमा १० जना वकिलहरूको वहस भएको छ । भोली एक जना वरिष्ठ अधिवक्ताको बहस हुने छ । त्यसपछि छविलाल जोशीको बहस हुन्छ अनि सरकारी पक्षको बहस भएपछि आदेश हुन्छ ।’  यो मुद्दा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार