Tihar Banner Tihar Banner
Tihar Banner Tihar Banner

नयाँ पाटी हत्यामा संलग्न पाँच जना पक्राउ

मंगलबार, जेठ ६, २०८२

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई  पक्राउ गरिएको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–१ बस्ने रामेछाप सुनापति गाउँपालिका–४ घर भएका २९ वर्षीय प्रविण तामाङ, गोकर्णेश्वर नगरपालिका–२ बस्ने सर्लाही बागमती गाउँपालिका–३ घर भएका २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक वाईवा तामाङ, सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–६ घर भएका २९ वर्षीय दिपेन्द्र भुजेल र काभ्रेपलान्चोक चौंरीदेउराली गाउँपालिका–७ घर भएका २८ वर्षीय अनुराग तामाङ रहेका छन् । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार