सुन जस्तो देखिने धातुसहित बिमानस्थलवाट एक पक्राउ

मंगलबार, जेठ ६, २०८२
Global Ime Bank

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थानसहित एकजना पक्राउ परेका छन्। कास्की पोखरा महानगरपालिका–११ राधाकृष्ण टोल घर भएका ४८ वर्षीय दिपक केसीलाई प्रहरीले पक्राउ गरेको हो । हिमालय एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका दिपकलाई जाँच गर्ने क्रममा उक्त धातु, ल्याप्टप १ थान र मोबाइल ५ थान सहित फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार