रवि लामिछानेको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा

मंगलबार, जेठ ६, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट सर्वाेच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा परेको छ। यसअघि सो रिट ६ पटकसम्म हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा पर्दा सुनुवाइ हुन सकेको छैन । लामिछानेलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै उनकी पत्नी निकिता पौडेलले गत ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी हुन्। एक महिनासम्म पनि त्यसमा सुनुवाइ हुन सकेको छैन । साथै, आफूलाई थुनामा पठाउने उच्च अदालत, बुटवलको आदेशविरुद्ध लामिछानेले दिएको निवेदनउपर पनि सँगै सुनुवाइ अघि बढाइएको छ। यसअघि हेर्न मिल्ने न्यायाधीशबिच मात्र गोलाप्रथा गर्न आदेश भएअनुसार आज सुनुवाइ हुने सम्भावना छ। सहकारीसँग आफ्नो कुनै सम्बन्ध नभएको र गोर्खा मिडियाको प्रबन्ध निर्देशक भएकै आधारमा आफू पक्राउ गरेर राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको आरोप लामिछानेले लगाउँदै आएका छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार