प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर, भूमी विधेयक पेश गरिने

मंगलबार, जेठ ६, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज बिहान ११ः०० बजेका लागि बोलाईएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने भएका छन् । उता, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको बार्षिक प्रतिवेदन, २०८१’ बैठकमा पेश गर्दैछन् । भूमी, ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमी सबन्धी केही नेपाल ऐनलाई संशाेधन गर्न बनेको बिधेयक, २०८२ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएका छन् । सांसद रणेन्द्र बराइलीले ‘दलित समुदाय माथि भइरहेको भेदभाव’ बिषय उल्लेख गरेर प्रस्ताव गरिएको ‘जरूरी सार्बजनिक महत्वको प्रस्ताव’ प्रस्तुत गर्ने भएका छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार