निर्यात व्यवसायी महासंघको साधारण सभा सम्पन्न     

गोविन्द प्रसाद घिमिरेको नेतृत्वमा कार्यसमिति चयन  
सोमबार, जेठ ५, २०८२

ललितपुर । निर्यात व्यवसायी महासंघ नेपालको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले कार्यकारिणी समिति समेत चयन गरेको छ । आगामी कार्यकालका लागि अध्यक्षसहित ९ पदाधिकारी र १२ सदस्य पद गरी कुल २१ पदका लागि निर्वाचन भएको थियो ।  महासंघको नयाँ नेतृत्वमा अध्यक्षमा गोविन्द प्रसाद घिमिरे चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा देवानन्द सरावगी, उपाध्यक्ष (वस्तुगत) मा किरण कुमार डंगोल, र उपाध्यक्ष (एसोसिएट) मा शान्ता बास्कोटा निर्वाचित भएका छन् । महासचिवमा शिव प्रसाद भट्ट, सचिवमा प्रदीप शाही, महिला सचिवमा रेखा अर्याल, कोषाध्यक्षमा शैलेन्द्र गुरागाईं र सह–कोषाध्यक्षमा पुनम कार्की निर्वाचित भएका छन् । 
सदस्य पदमा वस्तुगत तर्फबाट रुद्र प्रसाद न्यौपाने, मनोज कुमार चापागाईं, होम प्रसाद घिमिरे, निर्मल भट्राई, राजेन्द्र संग्रौला र सुनिल चित्रकार निर्वाचित भएका छन् ।  एशोसिएट तर्फबाट अजय सिंह कार्की, उरुषा चापागाईं, मनोज अधिकारी, नारायण कृष्ण खरेल, दावा शेर्पा र नानीराज घिमिरे निर्वाचित भएका हुन् ।  निर्वाचन मण्डल सदस्य प्रल्हाद दाहालका अनुसार सम्पूर्ण पदाधिकारी र सदस्यहरू सर्वसम्मत रुपमा चयन भएका हुन् । कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत रामचन्द्र न्यौपानेले नव–निर्वाचित पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । साधारण सभा तथा अधिवेशन कार्यक्रम महासंघका निवर्तमान अध्यक्ष शंकर प्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न भएको थियो भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी प्रमुख अतिथिको रूपमा सहभागी थिए । कार्यक्रममा मन्त्री भण्डारीले आगामी बजेटमा निर्यात प्रवद्र्धन र घरेलु उत्पादनको निर्यातलाई प्राथमिकतामा राखिने स्पष्ट पार्दै, निजी क्षेत्रसँग सहकार्यमा निर्यात प्रवद्र्धनलाई तीव्रता दिने बताए ।88305e61-60be-4693-aae8-9da29db64ca7-1747637061.jpg

साथै, प्रत्येक दुई वर्षमा एसआईपी (इस्ट्राटेजिक इन्भेष्टमेन्ट प्लान)  अन्तर्गत वित्तीय र अवित्तीय सेवा वर्गीकरण गरी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले ७५ प्रतिशत योगदान दिने निजी क्षेत्रसँग सहकार्य गर्दै घरेलु प्रत्यक्ष लगानी प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार