शहीद परिवारसँग प्रचण्ड 

आइतबार, जेठ ४, २०८२

दैलेख । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनजागरण अभियान अन्तर्गत दैलेख सदरमुकाममा रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा राज्य पक्षबाट हत्या गरिएका शहीद कविराज शर्माको घर पुगेर उनकी जीवनसंगीनी पवित्रा शर्मा र छोरी हरिमाया शर्मासँग भेटघाट गरेका छन् ।  आमा पवित्रा शर्माले जनयुद्धमा श्रीमानसँगै आफ्नो छोरा नारायण शर्मा र छोरी सिता शर्मा (सफलता) लाई गुमाउनु परेको पीडा र त्यसपछिका आरोह अवरोहका अनुभव अध्यक्षसंग साटिनर । उनका अर्का ज्वाइँ लक्ष्मी अधिकारी अझै पनि बेपत्ता अवस्थामा छन् ।  हाल आमा पवित्रा शर्मा छोरी हरिमाया शर्मासँग दैलेखको नारायण नगरपालिका–७ मा बसोबास गर्छिन् । 
जनयुद्धमा परिवारका सदस्यहरूको अमूल्य बलिदान र क्रान्तिका लागि गरेको त्याग सम्झँदा अध्यक्ष प्रचण्ड भावुक बने । उनले शहिद र बेपत्ता योद्धाको त्याग र बलिदानको जगमा प्राप्त उपलब्धिमा टेकेर समाजबाद निर्माणको बाटोमा अघि बढनुपर्ने बताए । 

WhatsApp-Image-2025-05-18-at-18.51.23-1747577321.jpeg
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार