संसद जनताहरुलाई ढाट्ने थलो बन्यो : सांसद कार्की

आइतबार, जेठ ४, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसद जनताहरूलाई ढाट्ने थलो रहेको बताएकी छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले संसद नै आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेको बताएकी हुन् । उनले भनिन्, ‘बाहिरबाट हेर्दा यो संसदको लोप लाग्थ्यो । तर संसदभित्र आइसकेपछि के थाहा पाए त यो त ढाट्ने थलो पो रहेछ । यहाँ आत्मसम्मानलाई धितो राख्ने ठाउँ रहेछ । यो जस्तो निरश ठाउँ त कहिँ पनि रहेनछ । यहाँ बोलिदो रहेछ तर बोलेका कुरा नसुनिँदो रहेछ । यहाँ कुर्सीहरू खाली हुँदा रहेछन् र सरकारले जहिले पनि जनतालाई सांसदको रुपबाट ढाट्दो रहेछ ।’ साथै उनले यो सरकार निरकुंश भैइरहेको बताइन् । उनले बन्नुपर्ने विषयहरुमा संसदमा छलफल गरिरहँदा यता मान्यज्यूहरू खासखुस र मोबाइलमा गेम खेलिरहेको अवस्था रहेको बताइन् । उनले भनिन्, ‘बन्नुपर्ने विषयहरुमा हामी छलफल गरिरहेका हुन्छौं तर यता मान्य ज्यूहरु खासखुस र मोवाइलमा गेम खेलिरहेको सिन देखिन्छ । यो सरकार निरकुंश भैइरहेको छ । बोल्ने लेख्ने स्वतन्त्रता किन हुँदैन ? गणतन्त्रले दिएको यही हो  नेपाली जनातालाई  उपहार ।’
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार