सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीका सांसदहरूले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताएकी छन् । प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा बोल्दै उनले कर्णाली सांसदहरूले यहाँका मुद्दालाई गम्भीर रुपले उठाउने गरे पनि सरकारले फितलो जवाफ दिने गरेको आरोप लगाइन् । ‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरूले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गर्दछौं । तर यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ । हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौं । यदी कर्णालीलाई क्षति भएको निष्कर्ष हो भने क्षतिपूर्ति सहितको राज्यको लगानी खोजिरहेका छौं । तर सरकार भने मजाक गरिराखेको छ,’ उनले भनिन् । उनले सरकार कर्णाली जनतासँग मजाक गरिरहेको भन्दै विकासका नाममा पूरानै गुनगान गाइरहेको पनि बताइन् । ६० को दशकमा बनेको सुर्खेत–जुम्ला कोडिडोर, ३० को दशकमा बनेको विमानस्थल र डा.बाबुराम भट्टराई नेतृत्वको सरकारले बनाएको कर्णाली स्वास्थ्य प्रतिस्ठानको गुनगान गाएर बस्दा जिम्मेवारी पूरा नहुने उनको जिकिर थियो