सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर संविधानकोे ठाडो उल्लङघन गरेको बताएका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटक–पटक रोष्टममा नै फरक मत राख्नेहरूलाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री, गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो ? भन्दै प्रश्न गरे । यदी संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए । उनले भने, ‘फरक विचार राख्ने वित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल हाल्ने ?आज राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा संगठनका अध्यक्षलाई सामाजिक सञ्जालमा लेखिएको भरमा नै जेल हालिएको छ । नेपालको संविधानको धारा १७ को ठाडो उल्लङघन भयो कि भएन ? प्रधानमन्त्रीले नै पटक–पटक रोष्टमबाट फरक मत राख्नेहरुलाइ पक्राउ गर्छु भन्नुहुन्छ । के प्रधानमन्त्री र गृहमन्त्री साथै सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो ? यदी ठूलो हो भने तपाईहरुसँग बहुमत छ यो धारा संशोधन गर्नुहोस् ।’ त्यस्तै उनले संविधान पालना गर्न नसके सरकारमा बस्नुको कुनै महत्व र वैधानिक हुन नसक्ने धारणा राखे । अध्यक्ष केसीलाई सामाजिक सञ्जालमा भाम्रक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष हुन् ।