सगरमाथा संवाद आज समापन हुँदै 

आइतबार, जेठ ५, २०८२
मयुर प्लाई

काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ ।  शुक्रबारदेखि सुरु भएको सुरु भएको सगरमाथा संवाद आज समापन हुन लागेको हो । जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाडांै घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ । सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् ।  शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए ।  सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित तीन सय ५० जनाभन्दा धेरै विशिष्ट व्यक्तित्वको सहभागिता छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार