युवाहरूका लागि भिडियोग्राफी तालिम सम्पन्न

आइतबार, जेठ ५, २०८२
मयुर प्लाई

तिखिदेवल(ललितपुर) ।  ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले स्मारिका फिल्मस् प्रा.लि. नयाँबानेश्वरसँगको सहकार्यमा युवाहरूका लागि भिडियोग्राफी तालिम आयोजना गरेको छ । चारदिन (वैशाख ३१–जेठ ३ गते) सम्म आयोजना गरिएको उक्त तालिममा अमितेश शाहले भिडियो ग्राफीको समग्र पक्षका बारेमा जानकारी दिएका थिए । तालिममा सहभागी १२ जना युवा–युवतीहरूलाई फोटोग्राफर पुन्देव रौनियरले फोटो तथा भिडियोसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिएका थिए ।

sahavagi-1747538914.jpg
यस्तै भिडियो एडिटर भरत रेग्मीमा भिडियो एडिटिङको सफ्टवेयर तथा भिडियो एडिटिङका टुल्स–टेक्निक्सका बारेमा जानकारी गराएका थिए ।  तालिम समापनमा अवसरमा वडाअध्यक्ष अमृतजंग महतले तालिमका सहभागी युवा–युवतीलाई प्रमाणपत्र पनि वितरण गर्नुभयो ।  कार्यक्रममा वडाअध्यक्ष महतले अहिलेको अवस्थामा भिडियोग्राफीको अत्यन्तै महत्व रहेको बताउँदै भिडियोग्राफीलाई पेशाका रुपमा अंगाल्न तालिममा सहभागी प्रशिक्षार्थीलाई सुझाव दिनुभयो । अहिले जो पनि कन्टेन्ट क्रिएटर हुन सक्ने अवस्था रहेको जनाउँदै आफ्नो चाहना बढाउन सक्दा राम्रो हुने वडाअध्यक्ष महतको प्रशिक्षार्थीलाई सल्लाह थियो । 
उनले आफ्नो वडामा रहेको एउटा सुन पसलले टिकटक प्लेटफर्म प्रयोग गरी मनग्यै आम्दानी गरेको उदाहरण दिँदै आफू अमेरिकामा बस्दा पनि फोटोग्राफीतर्फ आकर्षित भएको स्मरण गर्नुभयो । 

am-1747538915.jpg
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार