कोहलपुरमा बृहत् सरसफाई 

सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी भएको सहभागी भनाई
आइतबार, जेठ ५, २०८२
मयुर प्लाई

नेपालगञ्ज । कोहलपुरमा शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सरसफाई कार्यक्रमका सहभागीहरुले तरकारीमा मिठो जिरा, लागू पदार्थ सेवन गर्नेहरुको मुखमा किरा भन्ने नारा लगाएका छन् । प्लाष्टिकजन्य पदार्थ न्यूनिकरणका लागि आयोजना गरिएको सरसफाई गर्ने क्रममा सहभागीहरूले अन्य प्लाष्टिक भन्दा स्यामबहार, सुर्ति, मेघाश्रीहरूको प्याकेटहरू यत्रतत्र भेटिएकापछि सहभागीहरूले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उक्त कार्यक्रममा सहभागी यमुना घिमिरे भन्छिन् सरसफाई गरौं भन्दा पनि फोहोर नगरौं भन्ने अभियानको जरुरी देखिन्छ । रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसनको सहयोग कोहलपुर नगरपालिका, कोहलपुर नगरपालिका वडा नम्बर ८ को सहकार्य तथा बास नेपालको आयोजनामा उक्त सरसफाई कार्यक्रम गरिएका हो । प्लाष्टिक जन्य फोहोरमैला ब्यवस्थापन र जवाफदेहता परियोजना अन्तर्गत प्लाष्टिकजन्य फोहोर न्यूनिकरणका लागि सरसफाई अभियान कोहलपुरको झण्डहा चोकदेखि सडकको दाँया बाँया हुँदै पिपरी चोक सम्म पुगेर समापन भएको थियो । ‘प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य’ भन्ने मुल नाराका साथ बास नेपालका स्वयंसेवकहरू, कोहलपुर नगरपालिकाका वातावरण शाखाका पदाधिकारीहरू, द एक्जाम गुरु एकेडेमिका विद्यार्थीहरू, बिभिन्न सामुदायिक बन उपभोक्ता समिति र बिभिन्न स्थानीय नागरिकहरु गरी एक सय जनाभन्दा बढिको सहभागीता रहेको थियो । बिहान ७ बजेदेखि सुरु गरिएको उक्त सरसफाई कार्यक्रम ९ बजे समापन भएको थियो । बास नेपालका वनसम्पर्क अधिकृत माधव कार्कीले प्लाष्टिक जन्य चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरौं, रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं लगायतका स्लोगनहरु बाचन गरी शुरुवात गरिएको सरसफाई कार्यक्रमको उद्घाटन कोहलपुर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष लाल बहादुर रानाले ब्यानरमा लेखिएका विवरण पढेर शरुवात गरिएको थियो । कार्यक्रमको समापनमा बोल्दै बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रमका सहभागीहरुलाई धन्यवाद दिँदै सरसफाई गर्नु सबैको दायित्व भएकाले सबै क्षेत्रबाट सरसफाई अभियानमा लाग्न अनुरोध गरिन् ।  प्लाष्टिकको प्रयोगलाई हामीले आजै बाट कम प्रयोग गरी मानबिय जिबनमा पर्ने असरहरुमा न्युनीकरण गर्न लागिपर्ने बताईन् । त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष लाल  बहादुर रानाले कार्यक्रमको समापनमा बोल्दै हाम्रो टोलको सरसफाई अभियानमा बास नपालले गरेको सहकार्य प्रति धन्यवाद दिए भने सरसफाई सम्बन्धि सचेतनामुलक कार्यक्रम आगामि दिनमा गर्दा वडा सागै हातेमालो गर्दै सँगै जानुपर्ने बताए ।

31d9335f-ebf2-48c2-a75c-da131a59ea9a-1747531743.jpeg
 

प्रकाशित मिति: आइतबार, जेठ ५, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार