क्रान्तिकारी कम्युनिष्टहरु एकताबद्ध हुन माधव नेपालको आह्वान 

शनिबार, जेठ ३, २०८२

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई आफ्ना कमी कमजोरी सुधार गरी एकतावद्ध भई अगाडि बढ्न आग्रह गरेका छन् । अखिल नेपाल महिला संघ (समाजवादी) सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई कमी कमजोरीबाट मुक्त एकतावद्ध हुन आग्रह गरेका हुन् ।  उनले भने, ‘नेपालका क्रान्तिकारी कम्युनिष्टहरुलाई म भन्न चाहन्छु सबैखालका संकिर्णबाट मुक्त हुनुस् । आफ्ना कमीकमजोरीलाई सुधार्ने आँट गर्नुहोस । सबैलाई एकतावद्ध बनाएर अघि बढ्ने फराकिलो दृष्टिकोण राख्नुहोस । कुनै आग्रह पाल्नुपर्ने छैन्, कुनै पूर्वाग्रह राख्नुपर्ने छैन र कमी कमजोरीबाट मुक्त हुनैपर्छ ।’  नेपालले विगतमा भएका आन्दोलनको सफलतालाई उपयोग गर्न नसकेर गल्ती गरेको भन्दै आफ्नो देशको विशेषतालाई बुझेर अगाडि बढ्नुपर्ने बताए ।  
 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  १७:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार