सर्वोच्चको आदेशपछि रवीन्द्र मिश्र थुनामुक्त

शनिबार, जेठ ४, २०८२
मयुर प्लाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त भएका छन् । नेता मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र थुनामुक्त भएका हुन् । न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो । गत चैत १५ गते भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनपछि सरकारले उनलाई पक्राउ गरी छानविन गरिरहेको थियो । 

 

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२  ०५:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार