रास्वपाका सांसद असिम शाहले सोधे, ‘सरकारका आफै डार्क मोडमा लान खोजेको हो ?

शुक्रबार, जेठ २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले पछिल्लो समयमा बिना सुचना बत्ति गईरहेको बिषय उठाएका छन् । प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै बिना सुचना बत्ति काटेको भन्दै उनले संसदमा प्रश्न उठाएका हुन । ‘सरकार आफैँ पनि डार्क मोडमा अपरेट भई रहेको छ र बत्ती झ्याप झ्याप निभाएर पुरा देशलाई पनि डार्क मोडमा पुर्‍याइरहेछ, सेटिङ चेन्ज गरेर लाइट मोड गर्नुपर्‍यो सरकार। संसदमा गम्भीर विषयमा बहस गरिरहेका हुन्छौ झ्याप्प बत्ती जान्छ ,संसदमा त इनभर्टर, जेनेरेटर, सबै छ, केही रोकिन्न,’ उनले भने, ‘तर, आम नागरिकको घरमा यस्तो विशेष सुविधा छ र ?’

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार