माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग अभियान आजबाट सुरू हुँदै

शुक्रबार, जेठ २, २०८२


काठमाडौं । नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्गको अभियान आजवाट सुरू हुँदैछ । बैतडीको पाटनबाट सुरू गरिने अभियानमा भाग लिनका लागि हिजो नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुदुरपश्चिम पुगेका छन् । अध्यक्ष प्रचण्ड सहितका नेताहरू धनगढी, डडेलधुरा हुँदै बैतडी पुगेका हुन् । यसअघि तराई मधेस केन्द्रित हुलाकी राजमार्गको अभियान सकेको माओवादी केन्द्रले जेठ २ वाट मध्यपहाडी लोकमार्गको अभियान सुरू गर्न लागेको हो ।
 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार