प्रतिनिधि सभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले जवाफ दिने 

शुक्रबार, जेठ २, २०८२

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जानकारी दिएको छ ।  आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने छ ।  यसैगरी आजकै बैठकमा अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।   आर्थिक वर्ष २०८२ र ८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सांसदहरूले धारणा राख्ने क्रम आजै सकिने छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार