सोसल मिडिया
Contact Us
युनिकोड
प्रधानमन्त्री केपी ओलीले १४ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर हस्तान्तरण गर्ने बताएका छन् । पूर्वयोजनाकार मञ्च नेपालको शुभारम्भ कार्यक्रममा ओलीले देउवा पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै छैटौँपटक पनि मौका जुर्नेवाला रहेको बताए । उनले भने, ‘अब शेरबहादुरजी पाँचपटक प्रधानमन्त्री हुनुभयो। मौका उहाँलाई जुर्छ । मैले १४ महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री भनेर किस्तीमा राखेर बकाइदा धुमधामसँग हस्तान्तरण गर्छु।’