लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु

बिहीबार, जेठ २, २०८२
मयुर प्लाई

लखनउ । आज बिहान चलिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ। अचानक भएको आगालागी दुर्घटनामा ५ यात्रु जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको हो । मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ) मा बिहान ५ बजे सो आगलागी भएको हो । त्यतिबेला अधिकांश यात्रु सुतिरहेका थिए । बसमा एक्कासी धुवाँ निस्कन थालेको यात्रुले बताएका छन् । केही मिनेटमै ठुलो आगो निस्किएको थियो । बस भित्र भागदौड भएको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागेका थिए । चालकको सिट नजिकै अतिरिक्त सिट थियो। यस्तो अवस्थामा यात्रुलाई ओर्लन समस्या भएको छ । धेरै यात्रु फसे र लडेका थिए। वरपरका मानिसहरूले प्रहरी र दमकललाई खबर गरेका थिए। दमकलको गाडी आइ पुग्दासम्म बस पुरै जलिसकेको थियो । दमकलले करिब ३० मिनेटमा आगो निभाएको थियो । भित्र पुग्दा ५ वटा जलेको शव भेटिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बसको आकस्मिक गेट नखुले पछि सो ठुलो दुर्घटना भएको हो । जसका कारण पछाडी बसेका मानिसहरु अलपत्र परेर आगलागीको चपेटामा परेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार