सरकारका आपसी निकायहरुबीच समन्वय नहुँदा विपद्को उद्धार र व्यवस्थापनमा ढिलाई भयो : सांसद सापकोटा

बुधबार, जेठ १, २०८२
मयुर प्लाई

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यो वर्ष सुरु भएसँगै बैसाख १ देखि २८ गतेसम्म ७३२ वटा विपद्का घटनाहरु भएको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ७३२ वटा विपद्का घटनाहरुमध्ये २१ जनाको मृत्यु तथा अनुमानित १७ करोडको क्षति हुन पुगेको बताएका हुन् । उनले भने, ‘प्रि मनसुन सुरु भएको छ । राजमार्गमा त्रास छ । नागरिकको सडकमै  बास भएको छ । बैसाख १ देखि २८ गतेसम्मको डाटा हेर्ने हो भने ७३२ वटा विपद्का घटनाहरु भए ।  २१ जनाको मृत्यु भयो, अनुमानित १७ करोडको क्षति हुन पुग्यो ।’ साथै, उनले सरकारका आपसी निकायहरुकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र  व्यवस्थापनमा ढिलाई  भैइराखेको बताए । उनले चिनसँगको प्रमुख व्यापारीक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको समेत बताए । उनले भने, ‘सरकारका आपसी निकायहरुकाबीचमा समन्वय नहुँदाखेरी विपद्को उद्धार र व्यवस्थापनमा ढिला भैइराखेको छ । चिनसँगको प्रमुख व्यापारीक नाका तातोपानी जोड्ने सडक भासिएका कारण पूर्ण रुपमा बन्द भएको छ । तातोपानीबाट ल्याइएका स्याउ, लसुनलगायतका ३० वटा कन्टेनर र ५०० भन्दा बढि विद्युतिय सवारी साधनहरु यसबेला तातोपानीमा अलपत्र छन् ।’
 

प्रकाशित मिति: बुधबार, जेठ १, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार