खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ

मंगलबार, वैशाख ३०, २०८२
Global Ime Bank

कैलाली। धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध ब्युरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भई हाल धनगढी– १ बस्ने ४१ वर्षीय पप्पु खान र २९ वर्षीय मजमिल्ल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरूको साथबाट १२ ग्राम दुई सय ५० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाका गणेश नाथले जारी गरेको सुचनामा उल्लेख छ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार