संसदीय समितिमा मलेसियाका सांसदसँग अनुभव आदानप्रदान गरिने

मंगलबार, वैशाख ३०, २०८२
मयुर प्लाई

काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मलेसियाका सांसदसँग संसदीय प्रक्रियाको वारे एक अर्कासँग अनुभव आदानप्रदान गरिने भएको छ । जुन बैठक ११ः०० बजे बोलाइएको छ ।  उता, पूर्वाधार विकास समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ। जुन बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ तथा समितिमा प्राप्त उजुरीका बारेमा छलफल हुनेछ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार