सोसल मिडिया
Contact Us
युनिकोड
सल्यान । सल्यान जिल्लाको शारदा नगरपालिकाले सेवा प्रवाहबारे नागरिकको धारणा बुझ्न नागरिक सन्तुष्टि सर्वेक्षण गरेको छ । सेवा प्रवाहलाई चुस्त बनाउन यो सर्वेक्षण गर्ने शारदा नगरपालिका सल्यान जिल्लाकै पहिलो पालिका हो । नागरिक सन्तुष्टि सर्वेक्षण २०८१/०८२ को नतिजा सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख प्रकाश भण्डारी भने, ‘ स्थानीय तह भनेको नागरिकको नजिकको सरकार हो , जनताले पाउने हाम्रो सेवा रह्यो भनेर बुझ्न यो सर्वेक्षण गरेका हौँँ ।’ नगरपालिकाले प्रवाह गरेको सेवा प्रभावकारी, नागरिकमैत्री र उपयोगी भए नभएको मूल्याङ्कन गर्न सर्वेक्षणले मद्दत गरेको बताए । यो अभ्यासले आगामी दिनमा नीतिगत सुधार र सेवा प्रवाहमा गुणात्मक परिवर्तन ल्याउने नगरप्रमुख भण्डारीले दाबी गरे ।
शारदा नगरपालिकाले जिल्लामै पहिलोपटक सर्वेक्षणकोे अभ्यास थालेकोमा गर्व गर्दै, प्रमुख प्रशासकीय अधिकृत देवकोटा र प्राविधिक सहयोग पुर्याएको बास नेपाललाई धन्यवाद दिए । उक्त कार्यक्रममा उपप्रमुख सुस्मिता सापकोटा, प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, प्रवक्ता राजेश कुमार शर्मा र वडा नं. ३ का अध्यक्ष तुल्सा भण्डारीले पनि मन्तव्य राखेका थिए । नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १५ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा विषयगत शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । शारदा नगरपालिकाले आफ्नो सेवा प्रभावकारिता मापनका लागि बास नेपालसँगको सहकार्यमा १५ वटै वडामा कुल १५०० नगरवासीहरुसँग सर्भेक्षण गरेको थियो । ११ जना सर्भेक्षक परिचालन गरी उक्त अध्ययन सम्पन्न गरेको थियो ।