माइतीघरको धर्नामा पूर्वसांसद चौधरी, राजसंस्था स्थापना र कार्यकर्ता रिहाइको माग

सोमबार, वैशाख २९, २०८२
मयुर प्लाई

काठमाडौं । पूर्वसांसद एवम पछिल्लो समय राजावादी आन्दोलनमा सक्रिय गंगा चौधरी सोमबार माइतीघर मण्डलामा उपस्थित भएकी छन् । गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा गिरफ्तार भएका नेताहरूको रिहाइका लागि उनी धर्नामा सहभागी हुन माइतीघर पुगेकी हुन् ।  राष्ट्रवादी मातृशक्ति नेपाल नामक पार्टीको व्यानरमा माइतीघरमा जारी धर्नामा उनी पनि सहभागी छन् । भ्रष्टाचार, बलात्कार र वेतिथिको अन्त्य गर्नका लागि आफूहरू सडकमा आएको उनले बताइन् ।  आस्थाका बन्दीहरूको रिहाइ, घाइतेहरूको उपचार, भ्रष्टाचार, बलात्कार, वेतिथिको अन्त्य, हिन्दु अधिराज्य कायम र राजसंस्था स्थापनाको माग राख्दै मातृशक्ति नेपालले धर्ना गरेको हो ।  सोही धर्नामा सहभागी पूर्वसांसद चौधरीले देश भ्रष्टाचार, वेतिथि र गरिबीको चरम अवस्थामा पुग्दा पनि सरकार कुर्सी जोगाउनतर्फ मात्र लागिरहेको आरोप लगाइन् । 
उनले भनिन्, ‘आज वर्तमान सरकारले राम्रो काम गरेको भए, ठाँउ ठाँउबाट आम जनताको विरोधको स्वरहरू गुन्जिदैँन थियो होला । आज जता पनि वेतिथि छ, देशमा गरिबीको चरम अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा पनि सरकार कुर्सी कसरी जोगाउने भनेर मात्र लागि रहेको छ ।’ यस्तै, उनले राजाको समयमा २१२ वटा कारखानाहरू सञ्चालनमा रहेर आत्मनिर्भर बनेको नेपालमा आज आयातको अवस्थामा पुगेको बताइन् ।
उनले भनिन्, ‘हिजोको दिनमा राजाहरुले २१२ वटा कारखानाहरू खोलेका थिए ।  देशलाई आत्मनिर्भर बनाएका थिए । हाम्रो देशबाट अन्नहरू निर्यात हुन्थ्यो । आज आयातको अवस्थामा कसरी पुग्यौं । यो कुरा नेपाली जनताले खोज्नुपर्छ । नेपालमा उत्पादन भएको कपडा लगाउन पनि गाह्रो हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्था कसले गर्दा भएको भन्दा यही वर्तमान सरकार र नेताहरुले हो ।’
एमालेको तर्फबाट समानुपातिक सांसद बनिसकेकी चौधरी गत प्रतिधिसभा चुनावमा एमालेले टिकट नदिएपछि दाङ १ बाट स्वतन्त्र उम्मेदवार बनेकी थिइन । उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरी विजयी भएका थिए । बागी उम्मेदवार बनेपछि चौधरीलाई एमालेले कारवाही गरेको थियो । त्यसपछि उनले धार बदलेकी थिइन् । डेढ बर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाह भैरहवामा पुग्दा उनी स्वागतको लाइनमा देखिएकी थिइन् भने केही महिनाअघि पोखराबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमार्फत काठमाडौं आएका ज्ञानेन्द्रको स्वागतमा पनि उनी पुगेकी थिइन् ।

Photos-(5)-1747049717.jpg
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार