ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने

सोमबार, वैशाख २९, २०८२
मयुर प्लाई

काठमाडौं ।  हमासले गाजामा बन्धक बनाएका अमेरिकी नागरिक इडान अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ । हमासले छिट्टै अमेरिकी–इजरायली नागरिक इडान अलेक्ज्याण्डरलाई रिहा गर्ने आशाका साथ मानिसहरू उनलाई पर्खिरहेका छन, जो गाजामा रहेका अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको मङ्गलबार मध्यपूर्वको भ्रमण हुनु अघि २१ वर्षीय युवकको रिहाइ हुन लागेको हो । तर, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले रिहाइले गाजा पट्टीमा युद्धविराम वा प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्न नमिल्ने प्रतिक्रिया दिएका छन । खासमा इडान अलेक्ज्याण्डर २१ वर्षीय दोहोरो नागरिकता भएका इजरायली–अमेरिकी हुन्, जो गाजामा अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ । तेल अवीवमा जन्मेका तर न्यूजर्सीमा हुर्केका अलेक्जेन्डर गाजाको सिमानामा एलिट इन्फन्ट्रीमा सेवा गरिरहेका थिए, जब उनी हमासले ७ अक्टोबर २०२३ मा आक्रमण गर्दा कब्जा गरिएको थियो । उनी घर फर्कन सक्ने कुरा सुनेर उनका परिवारले कल्पनायोग्य सबैभन्दा ठूलो उपहार पाएको प्रतिक्रिया दिएको छ । ‘हामी आशा गर्छौं कि हाम्रो छोराको रिहाईसँगै सबै बाँकी ५८ बन्धकहरूका लागि वार्तालाप सुरु गर्नेछ, उनीहरू र उनीहरूका परिवारहरूको लागि यो दुःस्वप्न समाप्त हुनेछ,’ उनका परिवारका एक सदस्यले बिबिसीसँग भने ।

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार