कपडा किनिदिने बहानामा रक्सौल लगेर यौनधन्दामा लगाउने युवती पक्राउ

सोमबार, वैशाख २९, २०८२
Global Ime Bank

पर्सा । नयाँ कपडा किनिदिने बहानामा नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् ।  पक्राउ पर्नेमा पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेकी छिन्। उनलाई वैशाख २७ गते पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।  मिश्रका अनुसार वैशाख २१ गते ती नाबालिकालाई नयाँ कपडा किनिदिने बहानामा खातुनले भारत लगेकी थिइन्। बिहार रक्सौलको होटलममा लगेर यौनधन्दामा सामेल गराएकी थिइन् ।  ती नाबालिकालाई प्रहरीले भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी नेपाल ल्याएको छ।  खातुनले यसअघि पनि नाबालिकालाई रक्सौल लगेर यौनधन्दामा संलग्न गराउने गरेको मिश्रले बताए ।  खातुनलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिमको कसुरमा अदालतबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार