सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत समृद्धि र उन्नतीको मार्ग पहिल्याउन प्रेरित गरिरहेको बताएका छन् । सोमबार शुभकामना संदेशमार्फत उनले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने बताएका हुन् । ‘नेपाली भूमिमा जन्मनु भएका बुद्धले कठोर साधनाद्वारा प्राप्त गर्नु भएको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय छ । तीनले विश्व मानव समूदायलाई शान्तिको मार्गबाट समृद्धि र उन्नतिको मार्ग पहिल्याउन प्रेरित गरिरहेका छन् । शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौं । अशान्ति, हत्या र हिंसाको विरोध गरौँ,’ शुभकामना सन्देश पत्रमा लेखिएको छ । उनले देशमा शान्ति कायम रहि अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन भनी कामना गरेका छन् । पृथ्वीमा कहीं कतै खाद्यान्नको अभाव नहोस्, अन्नवाली राम्रो होस् भन्दै वैशाख पूर्णिमाका दिन किराँत समूदायले मनाउने गरेको उभौली पर्वको अवसरमा पनि सभापति देउवाले शुभकामना व्यक्त गरेका छन् ।