सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले ६ बिधेयक पारित गर्न अनुरोध गरेका हुन् । ‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
उनका अनुसार यी हुन ६ बिधेयक जो यसै अधिवेसनवाट पारित गराउन सरकारले खोजिरहेको छ । जसअनुसार, १, वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक २, संघीय निजामती सेवासम्बन्धी विधेयक ३, नेपाल प्रहरीसम्बन्धी र सशस्त्र प्रहरी वल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेका विधेयक ४, विद्यालय शिक्षा विधेयक ५, नेपाल हवाइ सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक ६, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक