सोसल मिडिया
Contact Us
युनिकोड
तिखिदेवल(ललितपुर) । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयको सहकार्यमा समृद्ध आधार नेपाल (सान) ललितपुरले आयोजना गरेको १५ दिने कौशी खेती तालिम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको उक्त तालिममा सफाजरु टोलका महिला समूहका सदस्यहरू सहभागी भएका थिए । तालिमका सहभागीलाई कृषि प्राविधकले कौशी खेतीका विविध पक्षबारे अवगत गराएका थिए । तालिमका सहभागीलाई एक समारोहकाबीच ललितपुर महानगर १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महतले प्रमाणपत्र वितरण गर्नुभयो । त्यस क्रममा तालिमका सहभागीलाई मल तथा बिऊ पनि वितवरण गरिएको थियो । तालिमका सहभागीलाई प्रमाणपत्र वितरण गर्दै वडाअध्यक्ष महतले आफूले सिकेको कुरालाई व्यवहारमा उतार्न आह्वान गर्नुभयो । वडा सदस्य सहनशीला कार्कीले कौशी खेती गरी अर्गानिक तरकारी उपयोग गर्न सकेन स्वास्थ्य राम्रो हुने धारणा राख्नुभयो । कार्यक्रममा सामाजिक विकास कार्यालय ललितपुरकाका प्रतिनिधि तथा समृद्ध आधार नेपालका प्रतिनिधिले मन्तव्य राखेका थिए । कार्यक्रममा १४ नं. वडाका वडा सचिव सुलोचना लुईटेलको पनि उपस्थित रहेको थियो ।