सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ शनिबारबाट सुरु भएको छ । आज समिटको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गरेका हुन् । समारोहमा उपराष्ट्रपति यादवसहित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकारहरूको उपस्थित रहेको छ । उद्घाटन समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्र र प्रेस स्वतन्त्रता एकअर्काको पुरक भएको भन्दै लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्ने बताए । उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रता अनुयास्रित छन् । स्वतन्त्र प्रेसविना लोकतन्त्र कमजोर हुन्छ, लोकतन्त्र कमजोर हुदाँ प्रेस स्वतन्त्रता संकटमा पर्छ । हामीले असल जिम्मेवार नागरिकको रुपमा लोकतन्त्रको रक्षा गर्दै प्रेस स्वतन्त्रतालाई थप सुदृढ र परिष्कृत गर्न सक्नुपर्छ । लोकतन्त्रका मूल्यहरुलाई संस्थागत गर्दै प्रेसलाई स्वतन्त्र बनाउन निरन्तर प्रयासको खाँचो छ ।’ उनले देश र समाजको उन्नति र समृद्धिको लागि पत्रकारहरुको भुमिका वाच् डकको रुपमा हुनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सवल बनाउनमा पत्रकारहरुको भुमिका उल्लेखनीय रहेको पनि बताए । यसैगरी सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको मूलभुत मर्मअनुसार काम गर्न नसके यसले आतङकवाद, जातिवाद, पृथकतावाद, अराजकतावाद जन्माउने बताए । ‘लोकतन्त्रको शत्रु धेरै छ, आतङकवाद लोकतन्त्रको शत्रु हो । अपराधवाद, अराजकता लोकतन्त्रको शत्रु हो । त्यो भन्दा मुख्य शत्रु आफैभित्र छ भन्छु मैले । लोकतन्त्रको संरक्षकहरु त्यसको अभ्यासकर्ता हामीहरु छौ । हामीले लोकतन्त्रको मूलभुत मर्मअनुसार काम गर्न सकेनौ भने लोकतन्त्रले आतङकवाद जन्माउछ । जातिवाद, पृथकतावाद, अराजकतावाद जन्माउछ,’ उनले भने । उनले लोकतन्त्रको अभ्यास गर्नेहरुले यसको चुनौतिहरुप्रति गम्भिर भएर काम गर्नुपर्ने बताए । उनले जनता कमजोर हुदाँ लोकतन्त्र पनि कमजोर हुदैँ जाने बताए । समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने छ । समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ । समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म वैशाख २७ गते ३० गतेसम्म चल्ने छ ।