ललितपुर महानगर र चैनपुर नगरपालिकाबीच भगिनीसम्बन्ध कायम 

चैनपुर स्वर्गको टुक्रा रहेछ : महानगर प्रमुख महर्जन

शुक्रबार, वैशाख २६, २०८२
मयुर प्लाई

 चैनपुर (संखुवासभा) । ललितपुर महानगरपालिका र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आफ्नो प्रतिनिधिमण्डलसहित चैनपुर आएका  ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेपनि दुई पालिकाबीच भगिनी सम्बन्ध कायम भएको हो । महानगर प्रमुख महर्जनले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा महानगरका प्रवक्ता एवम वडा नं. ९ का अध्यक्ष राजु महर्जन, वडा नं. १ का अध्यक्ष निर्मल तण्डुकार, महानगरका वरिष्ठ अधिकृत सागर थापा, वडा नं. ११ का वडासदस्य जुबन तण्डुकार, वडा नं. १८ वडा सदस्य रुक्मिणी महर्जन सहभागी छन् । संखुवासभा जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित प्राचीन, ऐतिहासिक  प्राकृतिक सुन्दरले भरिपूर्ण  केन्द्रको रुपमा चैनपुर नगरपालिका रहेको छ । 
कोशी प्रदेशमा पर्ने ११ वटा वडामा विभाजित चैनपुर नगरपालिकामा २८ हजार ७४ जनसंख्या रहेको छ ।  भगिनी सम्बन्धपछि दुबै पालिकाका असल अभ्यासहरु आदान प्रदान गर्न सहज हुने बताउँदै महानगर प्रमुख महर्जनले भने, ‘अब हामी मित भयौँ, असल अभ्याससँगसँगै दुख सुख प िसाटासाट गर्छौ ।’ 
ललितपुर महानगर र चैनपुर नगर अब एकै परिवार भएको बताउँदै भने, ‘ ललितपुर र चैनपुर दुरीका हिसाबले टाढा भएपनि आत्मिय भयौंँ , मन मिल्यो । ’ 
ललितपुर महानगरले अन्य सहरहरुसँग पनि भगिनी सम्बन्ध कायम गरेको बताउँदै ती पालिकाको समृद्धि र समुन्नतिका लागि महानगरले परियोजना दिएको बताए । चैनपुरको विकासको लागि पनि ‘मझौला’ परियोजनाहरु दिने प्रतिबद्धता गरे ।  
ललितपुर महानगरको पर्याय कला, संस्कृति र सम्पदा भएको बताउँदै यी विषयमा परियोजना केन्द्रित गर्ने धारणा राखे । 
चैनपुरको विकासको लागि ललितपुर महानगर पाटनर बन्न तयार रहेको उनले बताए । हरियाली संरक्षणको क्षेत्रमा ललितपुरले चैनपुरसँग थप कुरा सिक्ने उनको भनाई थियो । उनले भने, ‘चैनपुर स्वर्गको टुक्रा जस्तै लाग्यो ।’ 
काठमाडौं उपत्यकामा विभिन्न कालखण्डमा प्रशस्तै सार्वजनिक जग्गा अतिक्रमणमा परेको उदाहरण दिँदै महानगर प्रमुख महर्जनले चैनपुर नगरपालिकालाई ऐलानी, पर्ति जग्गा सरक्षण गर्न सुझाव दिए । 
उनले भने, ‘ काठमाडौंमा भएको त्यो गल्ती नदोहोर्‍याउनुस् ।’ 
चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले महानगर प्रमुख आफ्नो प्रतिनिधिमण्डलसहित भगिनी सम्बन्ध कायम गर्नका लागि चैनपुर आउनु भएकोमा खुशीसहित आभार व्यक्त गरे । 
राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरबाट धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो । 
खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलियाले नेपालकै समृद्ध महानगरसँग भगिनी सम्बन्ध कायम गर्नु चैनपुरबासी मात्रै नभएर संखुवासभाकै लागि गौरवको विषय भएको बताए । 
चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले ललितपुर महानगरसँगको भगिनी सम्बन्धले चैनपुर नगरको विकासमा उचाई दिने बताइन् । 
संखुवासभाका प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेलले मुलुककै प्रसिद्ध पालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाउनु चैनपुर नगरका लागि गौरवपूर्ण भएको बताए । 
कोशी प्रदेश पूर्वमन्त्री तुलसी न्यौपानेले भगिनी सम्बन्ध जीवन्त रहोस् भन्दै शुभकामना दिए । संखुवासभाका पूर्वसांसद राजेन्द्र गौतमले ललितपुर महानगर र चैनपुर नगरपालिकाबीचको भगिनी सम्बन्ध ऐतिहासिक भएको बताए । 
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति सुमन शाक्य लगायतले मन्तव्य राखेका थिए । चैनपुर नगरपालिकाको ११ औं स्थापना दिवसको अवसरमा भगिनी सम्बन्ध कायम गर्ने गरी कार्यक्रम आयोजना गरिएको थियो ।

496509515_1591906144762964_3497661713918142718_n-1746706720.jpg
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार