रेशम चौधरीलाई नियत राखेर पक्राउ गरिएको होइन, कर्मचारीले बदमासी गरेका हुन् : गृह मन्त्री

बिहीबार, वैशाख २५, २०८२
मयुर प्लाई

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई नियत राखेर पक्राउ नगरिएको बताएका छन । चौधरी पक्राउ प्रकरणमा प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री लेखकले यसमा कुनै पुर्वाग्रह नभएको पनि जनाएका छन् । ‘भविष्यमा यस्ता घटना नदोहोरिनको लागि सबैलाई सचेत र सजग बनाएको छ। यस घटनाले रेशम चौधरीलाई भएको पीडाप्रति दुख व्यक्त गर्न चाहन्छु,’ उनले भने । उनका अनुसार  सर्वोच्च अदालतको शाखा अधिकृत महिमानसिंह बिष्टले अनधिकृत पत्र तयार पारेको कारणले चौधरीलाई पक्राउ गरिएको उल्लेख गर्दै सो कार्य गैरकानुनी भएको खुले पछि पुनः छाडिएको बताए । चौधरीलाई पक्राउ पुर्जी जारी गर्ने बिष्टलाई पक्राउ गरेर अनुसन्धान सुरू गरिएको तथ्यले पनि पुर्वाग्रह नभएको उनको प्रस्टोक्ती रहेको छ ।

 


 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १८:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार