नक्कली नोटसहित एक जना पक्राउ

बिहीबार, वैशाख २५, २०८२
मयुर प्लाई

मकवानपुर ।  हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट नेपाली ५ सय दरका १ सय ८६ थान नक्कली नोट सहित सोही उपमहानगरपालिका-८ कमाने बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ४२ वर्षीय रामकृष्ण अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले महोत्तरीबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा.३३ प ९९८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नक्कली नोट फेला पारी चालक अधिकारीलाई पक्राउ गरेको हो । यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार