गाजापट्टीमा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टिनीको संख्या ५२ हजार बढी

बिहीबार, वैशाख २५, २०८२
मयुर प्लाई

एजेन्सी । इजरायल–हमास द्वन्द्वको पछिल्लो चरण सुरु भएदेखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५२,६५३ पुगेको छ ।  १,१८,८९७ जना घाइते भएका छन् । गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार, विगत २४ घण्टामा गाजामा इजरायली सैन्य कारबाहीमा ३८ प्यालेस्टिनीको मृत्यु भएको छ र १४५ जना घाइते भएका छन् । बुधबारको पछिल्लो रिपोर्ट अनुसार इजरायल रक्षा बलको कारबाहीमा मध्यरातदेखि ९३ जनाको मृत्यु भएको छ । मार्च १८ मा इजरायलले गाजामा सैन्य कारबाही पुनः सुरु गरेदेखि प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या २,५४५ पुगेको छ भने ६,८५६ जना घाइते भएका छन्।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार