सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं ।नबराज सुबेदीको नेतृत्वमा राजावादी शक्तिहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् । सुबेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेका हुन् । ‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ,’ घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले भने । साथै, त्यसका लागि राजावादीहरुले तीन सुत्रीय माग पनि अगाडि सारेका छन् । जसअनुसार संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, दोस्रो सर्वधर्म, समभाव, पूर्ण धर्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना र तेस्रो केन्द्रीय सरकार तथा अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार रहनु पर्ने भनिएको छ।