अन्ततः धनुषाको विवादित चोकको नाम परिवर्तन गर्न सहमति जुट्यो, नयाँ नाम ‘श्रीराम चौक’ राखिने

बिहीबार, वैशाख २५, २०८२
मयुर प्लाई

जनकपुर । धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ । गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक लेखिएको बोर्ड राखेपछि विवाद सृजना भएको थियो । सो क्रममा झडप हुँदा कयौं व्यक्ति घाईते भएका थिए । स्थिती नियन्त्रणमा लिन प्रहरीले चलाएको गोलीलागेर एक युवक गम्भिर घाईते हुन पुगेका थिए । ती युवकको अहिले पनि उपचारर भईरहेको छ । विवाद अन्त्य गर्न सबैला नगरपालिकाका मेयर कारिराम यादवले दुई महिनाभित्रै सो चोकको नामाकरण गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । डा नं. ९ का वडाध्यक्ष मनिष राय अमातको नेतृत्वमा बसेको सर्व पक्षिय बैठकबाट सो चोकको नाम श्रीराम चौक राख्ने निर्णय भएको छ । बैठकले चौकमा ‘श्रीराम चौक’ लेखिएको संकेत बोर्ड सार्वजनिक रूपमा राख्ने र सो बोर्डमा रामघाटतर्फ, कोल्लुवा मोड, र सतोश्वरधाम जाने दिशाहरू स्पष्ट रूपमा उल्लेख गरिने निर्णय गरेको छ । बोर्ड स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरूको उपस्थितिमा अनावरण गरिने जनाइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार