प्रि–मनसुनमा सरकारको तयारी चिन्ताजनक छ : सांसद पाण्डे

बुधबार, वैशाख २४, २०८२
मयुर प्लाई

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद विक्रम पाण्डेले प्रि–मनसुनमा सरकारको तयारी चिन्ताजनक भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पाण्डेले देश प्रि–मनसुनको सुरुवाती चरणमा प्रवेश गरेको  र मौसमविद्का अनुसार यो वर्ष धेरै गर्मी र अघिल्ला वर्षहरूभन्दा धेरै वर्षा हुने हुँदा सरकारको तर्फबाट पूर्वतयारी अत्यावश्यक हुन्छ, तर हाल देखिएको सरकारको अवस्था चिन्ताजनक रहेकाे बताए । उनले देशका धेरैजस्तो ठाउँहरूको सडकहरू जोखिमयुक्त भएको र लाइफलाइनको रूपमा रहेको राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य सडकको अवस्था दयनीय रहेको बताए । उनले मुलुकको व्यापारिक हिसाबले, स्वास्थ्य सेवा, केन्द्रीय प्रशासकीय कामकाजका दृष्टिकोणले आवतजावतको मेरुदण्डको रूपमा रहेका यी सडक समयमै मर्मत–सम्भार गरी तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिए । उनले  आकस्मिक उद्धारको पूर्वतयारी नहुँदा खाद्यान्न ढुवानी, औषधि आपूर्ति, बिरामीको आवागमन र  नागरिकलाई आवश्यक पर्ने प्रशासनिकलगायत सबै सेवाहरू प्रभावित हुने खतरा रहेको उल्लेख गरे । 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार