योग्यता, निष्पक्षता र पारदर्शिताको आधारमा गर्भनर नियुक्त होस् : सांसद भण्डारी

बुधबार, वैशाख २४, २०८२
मयुर प्लाई

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले योग्यता, निष्पक्षता र पारदर्शिताको आधारमा राष्ट्र बैंकको गर्भनर तुरुन्त नियुक्त आग्रह सरकारसँग माग गरेकी छन् ।  बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद भण्डारीले राष्ट्र बैंक देशकै वित्तीय मेरुदण्ड भएकाले सरकार मौन र निर्णयविहिन बन्न नहुने बताइन् ।एकदिन पनि खाली हुन नहुने गर्भनर पद एक महिना रिक्त हुँदा पनि नियुक्त हुन नसक्दा देशको अर्थतन्त्र संदेशनशिल अवस्थामा पुगेको गम्भीर संकेत भएको उल्लेख गरिन्। उनले भनिन्, ‘देशको अर्थतन्त्र संवेदशिल अवस्थामा छ । बैंकहरुमा खराब कर्जाको अनुरुपात निर्देशकीय सीमाभन्दा माथि पुगेको छ । अन्तर्राष्ट्रिय  नजरमा वित्तीय प्रणाली शंकाको घेरामा छ। बजेट आउन लागिरहेको छ। मौद्रिक नीति बनाउने बेला आएको छ । विश्व बैंक, एडिबी लगायतका विकास साझेदारहरुले नियामक स्थायित्व खोजिरहेका छन्। राष्ट्र बैंक नेतृत्वविहीन हुँदा पनि सरकार चुप लागेर बसेको छ।’  देशमा आर्थिक समस्या चाङकाचाङ  भएको भन्दै उनले समस्या घट्नुको सट्टा चुलिँदै गएको बताइन्।  उनले आर्थिक सुशासनको धज्जी उडेको उल्लेख गरिन्। सरकार देशको समस्यालाई सुल्झाउन छोडेर राष्ट्र बैंक जस्तो महत्वपर्ण र संवेदशशिल संस्थालाई राजनीतिक सौदाबाजीको थलो बनाइरहेको उल्लेख गरिन्।  गर्भनर कस्को भागमा छ पर्छ भनेर रस्साकसस्सीमा सरकार लागेको आरोप लगाइन्। राजनीतिक सौदाबाजीकै कारण राष्ट्रबैंक गर्भनर र दिशाबिहिन भइरहेको बताइन्। गठबन्धनको भागबन्डाले मुलुको अर्थतन्त्र जोखिममा पारेको उनको भनाइ छ। गर्भनरको जिम्मेवारी मौद्रिक नीति बनाउने मात्र नभइ देशको वित्तीय अनुसान र स्थायित्व कायम राख्नु, नागरिकको आर्थिक सुरक्षाको प्रत्याभुती दिनु भएकाले यस्तो पद एक दिन पनि खाली हुन नहुने बताइन्। उनले योग्यता, निष्पक्षता र पारदर्शिकताको आधारमा गर्भनर नियुक्त गर्न सरकारलाई दबाब दिएकी छन्। 

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार