भारतद्धारा पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल आक्रमण 

बुधबार, वैशाख २४, २०८२
मयुर प्लाई

नयाँदिल्ली । भारतले पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल आक्रमण सुरु गरेको छ । मंगलबार मध्यरातदेखि भारतले मिसाइल आक्रमण सुरु गरेको हो । भारतीय सेनाले अपरेशन सिन्दुर नाम दिएर पाकिस्तान नियन्त्रित कश्मीरमा आतंकवादीको अखडा रहेका स्थानलाई लक्षित गरी कारवाही गरेको हो । यी अखडाबाट भारतमाथि आक्रमणको योजना बनाइएको भारतीय पक्षको दाबी छ । भारतीय मिसाइल आक्रमण नौ स्थानमा गरिएको छ । यता पाकिस्तानी सरकारी टेलिभिजनले सेनाका प्रवक्तालाई उदृत गर्दै प्रसारित गरेको समाचारमा भारतीय सेनाले पाकिस्तानका तीन क्षेत्रमा मिसाइल आक्रमण गरिएको उल्लेख छ । समाचार एजेन्सी रोयटर्सले जनाए अनुसार पाकिस्तानका सीमावर्ती क्षेत्रमा भारतीय सेनाले भीषण गोलाबारी तथा ठूला विष्फोट भएको उल्लेख छ । भारत र पाकिस्तानबीचको सम्बन्ध जम्मु कश्मीरको पहलगाममा २२ अप्रिलमा पर्यटकमाथि आक्रमण भएपछि तनावपूर्ण बनेको हो । पहलगाममा घुम्न गएका पर्यटकमाथि पाकिस्तानी आतंकवादी समूहले आक्रमण गरी २६ जनाको हत्या गरेको थियो । भारतीय सेनाले पाकिस्तानले सीमा क्षेत्रमा युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाएको छ । सामाजिक सञ्जाल एक्समा भारतीय सेनाले भनेको छ, 'पाकिस्तानले जम्मु कश्मीरको पुंन्छ राजौरी क्षेत्रको भीमवर गल्लीमा गोलावारी गरेको छ । भारतीय सेना उचित तरिकाले यसको जवाफ दिइ रहेको छ ।' 

पाकिस्तानको प्रतिक्रिया
भारतले आफ्नो क्षेत्रमा आक्रमण गरेपछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले पाकिस्तानलाई भारतविरुद्ध जवाफी कारवाहीको हक रहेको प्रतिक्रिया दिएका छन् । पाकिस्तानी प्रधानमन्त्री शरीफले सामाजिक सञ्जाल एक्समा लेखेको छन, ' दुष्मनले पाकिस्तानका पाँच क्षेत्रमा कायरता पूर्ण आक्रमण गरेको छ ।' उनले भारतको यो आक्रमणलाई 'एक्ट अफ वारु' भनेका छन् । शहबाज शरीफले अगाडि लेखेका छन्, 'पाकिस्तानलाई भारतको 'एक्ट अफ वारु' को मुख भरीको जवाफ दिन पूर्ण अधिकार छ । मुखभरीको जवाफ पनि दिइरहेका छौं । '
उनले पाकिस्तानका सम्पूर्ण शक्ति पाकिस्तानी सेनाका साथ रहेको छ देशको मनोवल पनि उच्च रहेको छ । पाकिस्तानी प्रधानमन्त्रीले भनेका छन, 'पाकिस्तान र पाकिस्तानी सेनालाई राम्रोसँग थाहा छ दुश्मनसँग कसरी पछार्नु पर्छ भन्ने । हामी कहिल्यै पनि दुश्मनलाई उसको नचाहिँदा चाहनालाई कहिल्यै पनि पूरा हुन दिने छैनौ ।' पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बीबीसी उर्दूसँग भनेका छन, 'भारतले आतंकवादीको अखडामा आक्रमण गरेको दायबी गरे पनि अंतरराष्ट्रीय मीडिया लाई भन्न चाहन्छु तपाई हरु आक्रमण भएको क्षेत्रको आफैं आएर हेर्नुहोस् त्यो आतंकवादीको अखडा हो कि सर्वसाधारण नागरिक बसोबास गर्ने क्षेत्र हो भनेर । यो क्षेत्रमा हाम्रा दुई वटा मस्जिद रहेका छन् । जहाँ आक्रमणबाट एक बालक तथा एक जना महिलाको ज्यान गएको छ । आक्रमण गरिएका सात स्थानमध्ये दुईवटा आक्रमण कश्मीरमा र पाँचवटा पाकिस्तानमा गरिएको छ । यी सबै आक्रमण नागरिकहरुको बसोबास रहेको क्षेत्र हन् ।' -बीबीसी

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार