प्रचण्डको साथ छाडेका पूर्वमाओवादी नेतालाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्रिपरिषद् विस्तार 

संसद् विघटनपछिको जोड घटाउ
शुक्रबार, पुस १०, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाका केही प्रभावशाली नेतालाई आफूसँगै राख्न शुक्रबार  मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुस ५ गते प्रधानमन्त्रीले संसद् विघटनको निर्णय गरे लगत्तै केही मन्त्रीले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । 
सत्तारुढ नेपाल कम्युनिटस्ट पार्टी (नेकपा)मा संसद् विघटनको समर्थन–विरोध गर्ने दुई धार देखापरेको छ । पार्टी  विभाजनको संघारमा पुगेपछि ओलीले प्रचण्ड पक्षका केही प्रभावशाली नेतालाई मन्त्री बनाएका हुन् ।  ओली मन्त्रिमण्डलमा सहभागी हुनेमा टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङ (लामा) छन् । उनीहरु पूर्व माओवादीका नेता हुन् । मन्त्रिपरिषद् विस्तारसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुको जिम्मेवारीसमेत हेरफेर पनि गरेका छन् ।  नवगठित मन्त्रिपरिषद्मा टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु साह सहकारी विकास मन्त्रीको जिम्मेवारी पाएका छन् । त्यसैगरी  प्रेम आले वन, गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री गौरी शंकर चौधरी श्रम, दावा लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् भने जुलीकुमारी महतो महिला बालबालिका मन्त्री बनेकी छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । भानुभक्त ढकाललाई पर्यटनमन्त्रीको जिम्मेवारी दिइएको छ भने हृदयेश त्रिपाठी  स्वास्थ्य मन्त्री बनेका छन् । लीलानाथ श्रेष्ठ कानुन मन्त्री, शिवमाया तुम्बाहाङ्फे भूमिसुधार, पद्मा अर्याल कृषि मन्त्री  बनेकी छन् ।  कृष्ण गोपाल श्रेष्ठ शिक्षामन्त्री  बनेका छन् भने विमला विश्वकर्मालाई उद्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।   शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।   मन्त्रिपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री ओलीले युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई भने हटाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  २०:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार