निर्वाचन आयोग पुग्यो दाहाल–नेपाल समूह

शुक्रबार, पुस १०, २०७७

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल  र माधवकुमार नेपाल समूह निर्वाचन आयोग पुगेको छ । शुक्रबार दाहाल–नेपाल समूहका शीर्ष नेताहरु अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु, प्रतिनिधिसभाका सांसदहरु, राष्ट्रिय सभाका सांसदहरु र केन्द्रीय सदस्यलगायतका नेता कार्यकर्ताहरु उपस्थित भएर संसद् विघटन विरुद्धमा आन्दोलन सुरु गरेका हुन् । माइतीघरबाट सबै जना निर्वाचन आयोग गए पनि भित्र भने शीर्ष नेताहरुलाई मात्रै प्रवेश दिइएको छ । निर्वाचन आयोगका अधिकारीहरुलाई भेटेर आफूहरुसँग बहुमत केन्द्रीय सदस्य भएकाले आफ्नो समूह नै आधिकारिक नेकपा भएको जानकारी दाहाल–नेपाल समूहले जानकारी दिने बताएको छ । ‘प्रतिनिधसभा विघटनको असंवैधानिक कदम खारेज होस्’, ‘हामी यहाँ छौं’ भन्ने नारा लेखिएका प्लेकार्ड सहित नेताहरु उपस्थित भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार