ओलीलाई बैठक बोलाउन सामूहिक आग्रह गर्ने धुम्बाराही बैठकको निष्कर्ष

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौँ । नेकपा सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको सचिवालयको बैठकले अर्का अध्यक्ष ओलीसँग सामूहिक भेटेर बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पार्टीको औपचारिक बैठक बोलाउन कार्यकारी अध्यक्षले मिल्ने भए पनि एकतालाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउने नेताहरुबीच सहमति भएको छ ।
बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए । तर, प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली, सचिवालय सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने सहभागी थिएनन् । बिहीबार ओलीसँगको छलफलमा दाहालले जानकारी दिएर नै सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । आजको बैठकमा अध्यक्ष दाहालले बिहीबार अर्का अध्यक्ष ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए । ओलीले आफ्नो सहमतिविपरीत औपचारिक बैठक बोलाए त्यो पार्टी फुटको बिन्दु हुने बताएको जानकारी नेताहरुलाई गराएका थिए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार