माधव नेपाल नेकपा अध्यक्ष

ओलीलाई हटाउने निर्णय  
मंगलबार, पुस ७, २०७७

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको समूहको केन्द्रीय कमिटी बैठकले नेकपा अध्यक्षबाट केपी शर्मा ओलीलाई निस्कासन गरेको छ । केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले संसद्को तल्लो सदन विघटन गर्न सिफारिस गरेपछि बसेको स्थायी कमिटी बैठकले उनलाई कारबाही गर्न केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने निर्णय गरेको थियो । दुवै अध्यक्षको हैसियत समान रहने छ । माधव नेपाल निकट केन्द्रीयसदस्य विष्णु रिजालले पनि दुवैको बराबर हैसियत रहने जानकारी दिए । प्रचण्डले यसअघि कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए । तर यसअघि आजै भएको ओली पक्षको केन्द्रीय कमिटी बैठकले प्रचण्डलगायत सबैलाई यथावत राखेर कमिटी बिस्तार गर्ने निर्णय गरेको थियो । ओली समूहको बैठकले नारायणकाजी श्रेष्ठलाई हटाएर प्रवक्ताको जिम्मेवारी भने प्रदीप ज्ञवालीलाई दिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७  १९:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार