सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्वाेच्च अदालत गएका छन् । नेकपा (नेकपा) को संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वाेच्च गएका हुन् । निवेदनको मस्यौदा गरेका एक अधिवक्ताका अनुसार, त्यसमा नेकपाका करिब ९० जना सांसदहरुको सहमति छ । सर्वदलीय छलफलबाट सहमति गएर सामूहिक रुपमा निवेदन लिएर जाने भने पनि कांग्रेसको केन्द्रीय समितिको बैठक बल्ल बसेको र बैठकपछिको निर्णय आउँदा निवेदन दर्ता हुन ढिलाई हुने भएकाले नेकपाका सांसदहरु सर्वाेच्च पुगेका हुन् । गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचन तोकेकी छन् ।