एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाई

सोमबार, भदौ ३१, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । चीनको हाङझावमा हुने २० औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरिएको छ ।  राष्ट्रिय खेलकुद परिषद्को सभा हलमा सोमबार खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले २० औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरेका हुन् । 
च्याम्पियनसिपमा सहभागी हुने खेलाडी टोलीमा कुशल श्रेष्ठ (हेड कोच), मान्देकाजी श्रेष्ठ (कोच) मिनबहादुर तामाङ, सन्तोष श्रेष्ठ, मोहम्मद शेखु आलम, आशिष श्रेष्ठ ,सोनिम मानन्धर, जिया कार्की, निरुपा डोङ तामाङ, एरिका गुरुङ, एलिसा रसकोटी मगर  मेघा लिम्बु टप्पी थापा रहेका छन् ।  खेलाडी टोली भोलि मंगलबार चीन प्रस्थान गर्नेछन् । असोज ३ गतेबाट सुरु हुने २० औं एसियाली कराते च्याम्पियनसिप तीन दिन (असोज ६) गतेसम्म हुनेछ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार