मिस एण्ड मिसेस यूनिर्भसलको अडिसनमा ३५ प्रतियोगी

मंगलबार, भदौ ४, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । विवाहित र अविवाहित महिलाहरू बीचको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस यूनिर्भसल २०२४ को अडिसन सकिएको छ । गत शनिबार काठमाडौँको अनामनगरस्थित युनियन हाउसको हलमा सहभागी ३५ प्रतिस्पर्धीहरूको अडिसन गरिएको थियो । मिस एण्ड मिसेस यूनिर्भसलको तेस्रो संस्करण हो । प्रतियोगितामा नेपालका सात वटै प्रदेश गरी डिजिटल अडिसनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरुको अडिसन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिइन् ।
तेस्रो संस्करणको लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहेका छन् । यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नितु श्रेष्ठले मिस एण्ड मिसेस यूनिर्भसलले विवाहित र अविवाहित महिलाहरूको बौद्धिक क्षमतामा बृद्धि गर्ने बताउँछिन् । श्रेष्ठले महिलाहरू पुरुष सरह समाजमा काम गर्न सक्ने र कुनै पनि ठाउँको नेतृत्व सम्हाल्न सक्छन् भन्दै बिशेष गरी बिवाहित महिलाहरूलाई घर भित्रसँगै बाहिरको काममा पनि उत्तिकै क्षमतावान बनाउने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिइन् । अडिसनमा हास्यकलाकार पल्पसा डंगोल (चम्सुरी), कोरियोग्राफर दिक्पाल कार्की, अभिनेता मनिस राउत, प्रयाङस्टार एलिस राई, हास्य कलाकार साथै जादुगर राजेन्द्र गिरी निर्णायक मण्डलको भूमिकामा रहेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार