पेरिस ओलम्पिकमा भारतलाई दोस्रो पदक, मनुले बनाइन् इतिहास

मंगलबार, साउन १५, २०८१
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले दोस्रो काश्य पदक जितेको छ । भारतका मनु भाकर र सरबजोत सिंहले १० मिटर एयर पेस्तोल मिक्स टिममा काश्य पदक जितेका हुन् । मनु र सरबजोतको टिमले दक्षिण कोरियाको ओ ये जिन र ली वून्होलाई १६-१० ले पराजित गर्दै काश्य पदक जितेका हुन् । यस अघि मनु भाकरले  १० मिटर एयर पेस्तोलमै काश्य पदक जितेकी थिइन् । पहिलो काश्य पदक जितेर उनी भारतको ओलम्पिक इतिहासमा शुटिंगमा मेडल जित्ने पहिलो खेलाडी बनेकी थिइन् । यसका साथै मनु ओलम्पिकको इतिहासमा एकै ओलम्पिकमा दुई मेडल जित्ने पहिलो भारतीय खेलाडी समेत बनेकी छन् । यसअघि भारतका लागि पहलवान शुशील कुमार र ब्याडमिन्टन खेलाडी पीभी सिन्धुले दुई ओलम्पिक पदक जितेपनि उनीहरुले अलग अलग ओलम्पिकमा जितेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार